मुद्रण संघ मोरङको अध्यक्षमा कार्की

खबर पूर्वाञ्चल, १३ कार्तिक २०७८, शनिबार १८:२०

विराटनगर / नेपाल मुद्रण उद्योग संघको अध्यक्षमा सुभाष कार्की सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा आज सम्पन्न भएको चौथो जिल्ला अधिवेसनबाट कार्की सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा दिलिप अटल, सचिबमा बलराम गिरी, सह–सचिवमा कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल रहेका छन् । समितिको अन्य सदस्यहरुमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी, लगायत रहेका छन् ।

नवनिर्वाचति अध्यक्ष कार्कीले मुद्रण व्यवसायीहरुको हकहतिमा लागि पर्ने बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका पूर्व अध्यक्ष माधव केसीले पाठयपुस्तक छपाइमा राज्यले निजी क्षेत्रका मुद्रण उद्योगहरुलाई पनि दनुपर्ने बताए । उनले माफलसमा रहेका मुद्रण व्यवसायीहरुको हकहितमा पनि आफु सधैभरी लागिपर्ने बताए ।

मोरङमा १ सय बढी मुद्रण उद्योग रहेका छन् । संघमा आवद्ध उद्योग ५७ वटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५