प्रदेश १ मा थप ६२६ जना संक्रमणमुक्त, १३ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, ८ असार २०७८, मंगलवार १८:४२

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ ।

सोही अवधिमा प्रदेश १ मा १३ जना संक्रमितको मत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सवै भन्दा बढी स्नसरीका ८ जना संक्रमितको मृत्यु भएको छ भने झापामा २ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङ, पाँचथर र उदयपुरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, ते¥हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाईमा १०, शिवसताक्षी र दमकमा ८–८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, बा¥हदशी र गौरादहमा १–१, सुनसरीको धरानमा ७०, इटहरीमा १४, दुहवीमा ४, कोशी हरिनगर, बर्जु, गढी, रामधुनी र बराहक्षेत्रमा १–१, मोरङको विराटनगरमा ३३, बुढीगंगामा ५, बेलबारी, जहदा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा २–२, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ३, चौविसे, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र सुर्योदयमा २, उदयपुरको चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँस र मेन्छेयायममा १–१, पाँचथरमा २, ताप्लेजुङको सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ७९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५३४ रहेको छ । प्रदेश १ मा आज १ हजार १०९ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५