खबर पूर्वाञ्चल
साधारण सभाको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक सम्बृद्धिका लागि सहकारीको महत्व रहेको बताए । सहकारीकाबारेमा पछिल्लो समयमा अनेक नकरात्मक कुराहरु आइरहेकाले सबै सहकारी संस्थाहरु यसतर्फ सचेत हुनुपर्ने कुरा बताउँदै उनले समाज रुपान्तरणका लागि सहकारी कुशल माध्यम हुन सक्ने बताए ।
संस्थाका अध्यक्ष रमेशप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी संचालक योगमाया सुवेदी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका क्याम्पस प्रमुख डा. रामवतार शरण, विराटनगर महानगर पालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामत, वडा नं. १४ का वडाध्यक्ष सूर्यनारायण महत्तो, कोशी प्रदेशकाी पूर्व सभासद बसन्तीदेवी यादव, लेखा समितिका संयोजक रवि रोक्का, संचालक सूर्यनारायण यादवलगायतले बोले ।
कार्यक्रममा स्व. ओम प्रकाश गोयल–स्टार छात्रवृत्ति अन्तर्गत ११ जना विभिन्न सरकारी विद्यालयवाट यस बर्ष एसईई उत्तिर्ण विधार्थीहरुलाई जनही ७ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । साथै बेनु ÷सीता देवी, पर्शुराम प्रसार्ई–स्टार अक्षय कोषबाट विराटेश्वर बृद्ध आश्रमको भवन निर्माण कार्यका लागि आवश्यक ३० बोरा सिमेन्ट वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले संस्थामा हाल ४ करोड १० लाख ७ हजार शेयर पूँजी रहेको र संस्थामा अषाढ मसान्तसम्ममा २ हजार ४ सय ९६ जना शेयर सदस्य रहेका, संस्थाको निक्षेप ३३ करोड ९४ लाख, सदस्यहरु बिच ३३ करोड ३३ लाखकर्जा लगानिरहेको बताए ।