AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरसहित मोरङ जिल्लाभरी एक साता थपियो निषेधाज्ञा, १२ बजेसम्म बजार खुल्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० भाद्र २०७७, बुधबार १७:४०
2.93k
Shares
विराटनगर / समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङ जिल्लाभरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १६ गते राती १२ बजेसम्मको लागि मोरङ जिल्लाभरी निषधाज्ञा थप गरेको हो । दिउँसो १२ बजेसम्म अत्यआवश्यक बजार खुल्ला गर्न दिने निर्णाय गर्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णाय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

भदौ ५ मा सुरक्षा समितिको बैठकले पहिलो पटक गरिएको निषेधाज्ञाको समय आज १२ बजेसम्म थियो । दोस्रो पटक थप गरिएको निषधाज्ञा पहिले गरेको भन्दा केही खकुलो बनाएको छ । दिउँसो १२ बजेसम्म अत्यआवश्यक पसलहरू सञ्चालन गर्ने र त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न पाइनेछैन । यस्तै बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

समुदायमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न लगाइएको ५ दिने निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष बैठकले निकालेको छ ।

यसअघि विराटनगरसहित आसपासका ४ स्थानीय तहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले अबको साता भने जिल्लाभर त्यसलाई लागू गरेको जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर