खबर पूर्वाञ्चल
प्रदेश १ सरकारले १६ दिनभरि विविध कार्यक्रम मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईने जानकारी दिएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार तथा सरोकारवाला संघ संस्था र निकाय सवै पक्षबाट १६ दिनभरि अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालले जानकारी दिए । उनका अनुसार भोली प्रदेशका सवै मन्त्रालयहरुमा १६ दिने अभियान संवन्धि प्रचार सामग्रीहरु राखिने छ । साँझ ५ वजे देवकोटा चौकमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ ।
मंसिर ११ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेतो रिवन, फ्लेक्स र ब्रोसर हस्तान्तरण कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् । मंसिर १२ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ को व्यवस्था संवन्धि फ्लेक्स, ब्रोसर तथा लैङ्गिक हिंसा विरुद्धको अन्र्तक्रिया कार्यक्रम गरिने महाशाखा प्रमुख बरालले बताइन् ।
सामाजिक संघ संस्था, सरोकारवाला तथा महिला अधिकारकर्मीहरुसगको समन्वयमा जनचेतनामुलक कार्यक्रम, अभिमुखीकरण तथा डिसेम्वर १० का दिन कार्यक्रमबारे समीक्षा, अन्र्तक्रिया गरिने उनले बताइन् ।