RUMPUM
animated ellipse animated ellipse

तीन कोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०७७, मंगलवार १८:५०
657
Shares
सुनसरी / सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित औलिया माध्यमिक विद्यालयलाई तीन कोठे पक्की भवन निर्माण गरी आज हस्तान्तरण गरिएको छ ।

प्लान नेपालको ४८ लाख ७० हजार १ सय ४४ रुपैयाँ आर्थिक सहयोग र फरवार्ड नेपालको सहजीकरणमा इसीडी कक्षासहित तीन वटा कक्षा सञ्चाल नगर्न मिल्ने गरी निर्माण गरिएको अपाङ्गमैत्री भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आज विद्यालयमा आयोजना गरिएको नव निर्मित विद्यालय भवनको सामाजिक लेखाजोखा कार्यक्रममा विद्यालयलाई भवन हस्तान्तरण गरिएको प्लान नेपाल सुनसरीका कार्यक्रम संयोजक वेदप्रसाद भूर्तेलले बताए ।

भौतिक संरचना कमजोर भएका र भवन अभावका कारण सहज ढङ्गले कक्षा सञ्चालन गर्न नसकिरहेका विद्यालयहरूमध्ये औलिया माविलाई छनौट गरी भवन निर्माण गर्न नगरपालिकाले अनुमति दिएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए ।

बालबालिकालाई इसीडी कक्षासहित मन्टेश्वरी विधिमार्फत सिकाई हुने गरी अपाङ्ग र बालबालिका मैत्री भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको फरवार्ड नेपालका कार्यक्रम संयोजक जयप्रकाश चौधरीले बताए ।

अपुग भवन भएका कारण इसीडी कक्षा सञ्चाल नगर्न असहज भएको अवस्थामा प्लान नेपालको आर्थिक सहयोगमा आधुनिक भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण भएकाले विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर