पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
झापाको दमक र भद्रपुरमा १५–१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, विर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाहृदशीमा ३–३ , बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोही अवधिमा ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।