हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल

खबर पूर्वाञ्चल, १२ मंसिर २०७९, सोमबार १८:३३
171
Shares
विराटनगर / विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।

अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ । जोर्नी प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले बताए ।

आर्या न्यूरोमा केही दिन अगाडी मोरङको जहदा गाउँपालिका ३ की ७२ वर्षीय फुलदेवी ऋषिदेवको हिपको सफल प्रत्यारोपण गरेको छ । डा. केशीको नेतृत्वमा राजवंशीको हिपको सफल प्रत्यारोपण भएको हो । विरामीको सफल उपचार भएपछि राजवंशी अहिले मज्जाले हिडडुल गर्न सक्ने भएकी छिन् । ‘उमेर बढदै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ,’ डा. केसीले भने ।

यसैगरी आर्या न्यूरो अस्पतलामा सवारी दुर्घटनामा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेल मेरुदण्ड र ‘पेलविस’ भाचिएको थियो । अस्पतालका डा. केसीले फेलविसको सफल शल्यक्रिया गरेपछि विरामी ठिक भएर डिस्र्चाज भएका छन् ।

यसैगरी भोजपुरकी ३० वर्षीय सृजना तामाङ लडेर मेरुदण्डमा चोट लागेको थियो । उनको खुट्टा पनि नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । कार्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया ग¥यो । २८ दिन हस्पिटलमा बसेपछि १ मंसिरमा डिस्चार्ज भएको थियो । उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

यसरी अस्पतालमा डा. केसी आएर हाड जोर्नी सम्बन्धी रोगीका विरामीको उपचारमा आर्यान्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि आर्या न्यूरो सफल हुँदै गएको हो । पूर्वी नेपाल र भारतीय सीमा क्षेत्रबाट आउने विरामीले हार्डजोर्नी सेवा पाउँदै आएका छन् । अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

आर्या न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक केसीले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५