AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगर लागिपरेको छ : मेयर कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ आश्विन २०८१, शुक्रबार १८:५४
99
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताएका छन् ।

विराटनगरस्थित गोग्राहा माविको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकहरुसित कार्यसम्पादन सम्झौता गरिसकेको जानकारी दिए । उनले सामुदायिक विद्यालयहरुबीच गुणस्तरका विषयमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘जसरी संस्थागत विद्यालयहरुबीच राम्रो रिजल्ट ल्याउनका लागि प्रतिस्पर्धा हुन्छ, त्यसरी नै सामुदायिक विद्यालयहरुबीच पनि उत्कृष्ट नतिजा ल्याउन प्रतिस्पर्धा हुनुपर्छ ।’

पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार हुँदै गएको तर्क प्रस्तुत गर्दै मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि लान सके मात्रै समग्र शिक्षाको विकास हुने विचार व्यक्त गरे । ‘संस्थागत विद्यालयहरु गुणस्तर र परीक्षाको रिजल्टमा निकै अगाडि हुने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले त्यसअनुसार सुधार हुन सकेको छैन । राज्यले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । तर पनि आशा गरेअनुसारको सुधार भएको देखिँदैन ।’ प्रधानाध्यापक, शिक्षक र अभिभावकले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिए ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु निजामती, न्याय, स्वास्थ्यलगायतका उच्च पदमा पुगेको उदाहरण दिँदै मेयर कोइरालाले भने, ‘सामुदायिक विद्यालय पढेकै व्यक्तिहरु मुख्यसचिव, सचिव, प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, डाक्टर जस्ता सम्मानित र उच्च पदमा पुगेका छन्,’ कोइरालाले थपे, ‘यस हिसाबले पनि सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण छ भन्ने मलाई लाग्दछ ।’

अब विद्यालयस्तरदेखि नै स्वरोजगार र सीपमूलक शिक्षा दिनु जरुरी रहेको उहाँले औंल्याउनुभयो । घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्दै मेयर कोइरालाले भने, ‘विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्न सक्छन् ।’ कार्यक्रममा अक्षयकोष स्थापना गर्ने व्यक्ति र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर