पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र आन्दाजी ४५–५० वर्षीय पुरुषको शव फेला परेको हो ।
चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । तथापि, शव कसको हो भन्ने पहिचान खुलेको छैन । कन्टेनर पूर्वबाट पश्चिमतर्फ फर्काएर सडकमा राखिएको छ । मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।
तर कहाँबाट ल्याएर कन्टेनरलाई सडकमा रोकिएको हो भन्ने पनि खुल्न नसकेको श्रेष्ठले बताए । यस विषयमा अहिले बेलबारी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।
चालकसँगैको अर्काे सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
त्यस्तै मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७–२८ वर्षीय युवक मृत फेला परेका छन् । खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका विशाल राई ओछ्यानमै मृत भेटिएको प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया