प्रदेश प्रमुख खापुङ्गलाई महालेखापरीक्षकको वार्षिक प्रतिवेदन हस्तान्तरण

खबर पूर्वाञ्चल, २९ असार २०७९, बुधबार १८:४७
3
Shares

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा ३ वमोजिम नायव महालेखा परीक्षक पदमप्रसाद आचार्यले आर्थिक वर्ष २०७७÷७८ मा कारोवारको लेखा परीक्षण सम्पन्न गरिएको उक्त प्रतिवेदन प्रदान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै साधन श्रोतको अधिकतम उपयोग गरी वेरुजु घटाउन महालेखा परीक्षकको कार्यालयले थप भूमिका खेल्नु पर्ने बताए । उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनु पर्नेमा जोड दिदै आम्दानी सम्वन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने बताए ।

प्रदेश प्रमुख खापुङ्गले प्राप्त प्रतिवेदन मुख्यमन्त्री मार्फत प्रदेश सभा तथा समितिका समितिका सभापतिमा वुझाई वेरुजु घटाउने सम्वन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त्त गरे ।

नायव महालेखा परीक्षक आचार्यले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सवल बनाउन अनुगमन, मूल्याङ्कन, जिम्मवारी र जवाफदेहिता पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्ने सुझाव दिए ।

प्रतिवेदमा लेखा परीक्षण गरिएका निकाय सङ्ख्या १९७ रहेको छ भने ४५ अर्व ५९ करोड १७ लाख ५८ हजार रकम रहेको छ ।

यस्तै यो वर्ष बेरुजु एक अर्व ६२ करोड ८६ लाख १३ हजार देखिएको छ जसमध्ये असुल गर्नुपर्ने १७ करोड ४४ लाख ४९ हजार, नियमित गर्नुपर्ने एक अर्व ३० करोड ७३ लाख ७१ हजार र पेश्की १४ करोड ६७ लाख ९२ हजार रहेको प्रतिवेशनमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५