AArya
animated ellipse animated ellipse

सिरहाकी कोरोना भाइरस संक्रमित महिलाको विराटनगरको कोभिड उपचार केन्द्रमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०७७, शुक्रबार १४:०१
648
Shares
विराटनगर/ सिरहाको लाहान घर भएकी एक जना कोरोना भाइरस संक्रमित महिलाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

सिरहाको लाहान घर भएकी ६५ वर्षीया मुस्लिम समुदायकी महिलाको आज बिहान १०ः४५ बजे मृत्यु भएको भएको हो ।

दिर्घरोगी रहेकी विरामीको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार विहान कोशी अस्पताल भर्ना गरिएको थियो । सोही दिन साँझ उनलाई कोरोना संक्रमण पुष्टि भएको कोभिड उपचार केन्द्रका डा. दीपक सिग्देलले बताए ।
‘आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ डा.सिग्देलले भने, ‘विरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मृत्यु हुनपुग्यो ।’

प्रहरीले भने मृतक महिला लाहान घर भइ विराटनगर–१० मा डेरा बस्दै आएको जनाएको छ । महिलाको शव व्यवस्थापनको पहल भइरहेको छ ।

यसअघि शुक्रबार विहान धरानस्थित बीपी कोभिड अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । उनीहरुमध्ये प्रदेश २ का ८ जना छन् भने ३ जना धरानका, १ जना झापाका र १६ जना मोरङका हुन् ।

कोरोनाबाट मोरङको बेलबारीका १ जना, बुढीगंगाका २ जना, रंगेलीका १ जना, सुनवर्षीका १ जना र विराटनगरका १२ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर