खबर पूर्वाञ्चल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनआन्दोलन चौक र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।
अन्र्तराष्ट्रिय अपाङ्ग दिवसलाई सरकारी स्तरबाटै मनाउने निर्णय भएपनि अहिले सम्म कार्यान्वयन नभएपछि प्रदेशका मन्त्रालय, स्थानीय तह, प्रशासन कार्यालयमा पनि दिपप्रज्वलन गरिएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयका कार्यक्रम अधिकृत विमल वस्नेतले बताए । उनले भने,‘ आगामी बर्षदेखि मन्त्रालय तथा सरकारी कार्यालयहरुले दिवस मनाउन शुरु गरुन भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।’ कोभिड १९ पछि अपाङ्गता भएका व्यक्तिको पहुँच सरकारी कार्यक्रम, नीति र संरचनाहरुमा प्रभावकारी पहुँच स्थापित होस् भन्नका लागि पनि मन्त्रालय, स्थानीय तह लगायतका कार्यालयहरुमा कार्यक्रम गरिएको वस्नेतले बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, विभिन्न मन्त्रालयका सचिवहरु, अधिकारबादी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता भन्ने नारा सहित २९ औं अन्तर्राष्ट्रिय दिवस साताव्यापी रुपमा मनाईरहेको छ ।