पूर्वाञ्चल खबर
नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी सदस्य विमला दाहाल घिमिरे, बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले पार्टी परित्यागको घोषणा गरेका हुन ।
बेलबारीका नगर प्रमुख तथा वडाध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । विराटनगर ४ का वडाध्यक्ष जितन थापाले पनि वडाध्यक्ष र पार्टीबाट अलग भएको घोषण छन् । उनी पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन ।
एमालेका संगठित सदस्यहरुले पनि धमाधम पार्टी छाडेको सामाजिक सञ्जालमा हालिरहेका छन् ।