खबर पूर्वाञ्चल
समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् । यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे रहेका छन् । यसैगरी लेखा समिति संयोजकमा अविनाश निधि, सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल रहेका छन् ।
११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय १६ जना सेयर सदस्य पुगेका छन् । सहकारीमा संचारकर्मीहरू मात्र सेयर सदस्य रहेका छन् । साधरणसभामा उत्कृष्ट ऋणी र बचनकर्तालाई सम्मान गरिएको छ । श्यामसुन्दर सुतिहार, चिना थापा, भोजराज घिमिरेलगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कदर पत्र प्रदान गरेका थिए ।
प्रदेश प्रमुख खापुङ्गले पत्रकारद्वारा पत्रकारकालागि सञ्चालनमा गरिएको सहकारीलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले व्यक्ति, समाज र सिंगो राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान दिने हुँदा सञ्चारकर्मीद्वारा सञ्चालित सहकारी उदाहरणीय हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मीलाई आवश्यक उपकरण किन्न सहुलियतमा ऋणको व्यवस्था गर्न सुझाव दिए । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले सहकारी विराटनगर केन्द्रीत मात्र नभइ व्यापक हुन सुझाव दिए ।