AArya
animated ellipse animated ellipse

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार चौथो जित, युएई ५ विकेटले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ कार्तिक २०८०, सोमबार १५:०४
234
Shares
विराटनगर / काठमाण्डौमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लिगको अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको छ ।

आज काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव २बलमा ५ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा आशिफ शेखले ५० बलमा २ छक्का र ६ चौका प्रहार गरि ६२ रनको योगदान दिँदा कप्तान रोहित पौडेल ४२ बलमा १ छक्का र ४ चौका प्रहार गरि ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै १ छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । यूएईका मोहम्मद जवादुल्लाहले २ विकेट, अकिफ राजा र जहूर खानले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र ४५ रन बनाए । यस्तै आसिफ खान १८ रन र खालिद शाह १२ रन बनाएर आउट भए ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २–२ विकेट लिए भने करण केसी र गुल्शन झाले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर