खबर पूर्वाञ्चल
मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।