३० मजदुरलाई खाध्यान्न वितरण

खबर पूर्वाञ्चल, १ श्रावण २०७७, बिहीबार २१:१२

विराटनगर / लकडाउनका कारण प्रभावित भएका यातायात मजदुरलाई आज राहत वितरण गरिएको छ ।

करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गरेका स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उनका छोरा किरण लामाले तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा लकडाउनको मारमा परेका विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाधान्न राहत स्वरुप वितरण गरिएको हो ।

यातायात मजदुरका प्रति परिवारलाई २० केजी चामल, २ लिटर तेल र ३ केजीका दरले दाल वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा विराट बुद्ध स्पोर्टिङ क्लव विराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि साग गेमका स्वर्ण पदक विजेता राम लिम्बू, मजदुर नेता मनोजसिंह राई , राष्ट्रिय युवा संघ नेपाल मोरङका नेता किरण लामालगायतको उपस्थिति रहेको थियो ।

लकडाउनले गर्दा समस्या परेका मजदुरहरूलाई राहत स्वरूप सहयोग प्रदान गरेको विराट बुद्ध स्पोर्टिङ्ग क्लवका अध्यक्ष कोइरालाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५