खबर पूर्वाञ्चल
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए । ‘‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ,’ उनले भने ।
प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए। उनले सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए ।