RUMPUM
animated ellipse animated ellipse

रोहित चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०८०, शुक्रबार १६:३१
612
Shares
विराटनगर / विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । यसअघि दुई जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ घर भइ धरान–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका–१५ का ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा रहेका छन् ।

उनीहरुले हत्यामा संलग्न गिरोहलाई हतियार उपलब्ध गराएको आरोपमा पक्राउ परेका हुन् । रोहितको हत्यामा भने तीन जना संलग्न थिए ।

रोहितको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि लेटाङ नगरपालिका– १ का दीपक तिम्सिना र धरान १४ का अनसन तामाङलाई पक्राउ गरेको थियो ।

गत साउन ५ गते धनकुटाको मुलघाटबाट फर्कने क्रममा रोहितको धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी हत्या भएको थियो । हत्यामा तीन जना संलग्न थिए ।

प्रहरीका अनुसार विराटनगरका शर्मा बाहेक अन्य हत्या र लुटपाटमा संलग्न थिए । शर्माले भने गिरोहलाई भारतबाट हतियार व्यवस्था गरिदिएका थिए ।
पक्राउ परेका तिम्सिना, तामाङ र लिम्बू मोरङको पथरीेदेखि सुनसरीको चतरासम्मको उत्तरी जंगलको सडक खण्डमा भएका चारवटा लुटपाटका घटनामा संलग्न थिए ।

पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरि दुई महिना अघि छुटेका हुन् । त्यसैगरि, तामांग लागु औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ वर्ष अघि छुटेका अभियुक्त हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर