खबर पूर्वाञ्चल
५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलन अनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेल विवाह कार्यक्रम गर्दै आएको छ ।
आज झी ः पुचमा २० जना नेवारी कन्याहरुको सामूहिक बेल विवाह गरेको झी ः पुच विराटनगरका निर्वतमान अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए । यसपटकको बेलविवाहमा सिक्किम, सिन्धुली, रंगेली, दमक र विराटनगरका गरी २० जना कन्या र तिनका अभिभावकको सहभागिता रहेको बताइएको छ । ३४ वटा विधिहरू गरेपछि बेल विवाह अर्थात ईही सम्पन्न हुने गर्दछ ।
बेल विवाहमा सहभागी कन्याहरूको बगलामुखी मन्दिरका पुजारी राजेन्द्र राजोपाध्यायले वैवाहिक संस्कार गराएका छन् । नेवार कन्याहरूको महिनावारी हुनु अघिनै बेलसंँग विवाह भइसक्नुपर्ने धार्मिक परम्परा छ ।
झी पुचः ले नेवारी भाषा, संस्कृति र परम्पराको जर्गेनामा चार दशकभन्दा लामो समयदेखि सक्रिय छ । झी पुचःले गर्ने विविध कार्यक्रममध्ये बेलविवाह पनि एक हो । बेल विवाहलाई नेवारी भाषामा ‘इही’ भनिन्छ । झी पुचःको भवनमा सोमबार सुरु भएको सामूहिक बेल विवाह मंगलबार समापन भएको हो ।
विगत ४० वर्षदेखि झी पुचःले बेल विवाह, व्रतबन्ध, गाईजात्रालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । ५ देखि ११ वर्षभित्रका कन्याको विधि पूर्वक बेल विवाह गरिन्छ । नेवारी संस्कृतिमा बेल विवाहको धेरै नै महत्व रहेको छ ।
तपाईको प्रतिक्रिया