इ लाइबे्ररीको उद्घाटन समाजसेवी तोरेन्द्रमान सिंह प्रधानले गरे । इ लाइब्रेरीमा प्रविधियुक्त सामाग्रीहरू रहेका छन् । लाइब्रेरीमा पुस्तक, पत्रपत्रिकाको साथै कम्प्युटर पनि रहेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देयले इ–लाइब्रेरी संचालनमा ल्याएको रोटहरी क्बल अफ विराटनगरका सचिब मनोज विक्रम शाहले जानकारी दिए । ‘लाइब्रेरीमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरू रहेको छ,’ उनले भने, ‘यस्ता लाइब्रेरीले पठनसंस्कृतिमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’
कार्यक्रममा प्रदेश १ की सांसद विन्धीया कार्की, रोटी क्बलका पूर्वअध्यक्ष बासुदेव गोल्यान, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी नविनराज राई, कार्यक्रम संयोजक शिव अधिकारीलगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया