RUMPUM
animated ellipse animated ellipse

मिल्स क्रिकेट टि– २० क्रिकेटमा होराइजन विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७९, बुधबार १८:२८
387
Shares
जोगबनीविरुद्ध ब्याटिङ गर्दै विराटनगरका फिर्दोस अन्सारी । तस्वीर :पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर /दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरको जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा विराटनगरको होराइजन क्रिकेट क्लवले भारत जोगबनीको प्रशान्त क्रिकेट क्लवलाई ४५ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेका थियो । होराइजनकालागि फिर्दोश अन्सारीले ३० रन बनाउँदा , निरज मुखियाले २२ रन, समिर कार्कीले १५ रन र दिपेश कँडेलले १२ रनको योगदान दिए । जोगबनीका सुमित, जयन्त र फैजानले २–२ विकेट लिए ।

जवाफमा १ सय ५७ रनको विशाल स्कोर पछ्याएको जोगबनीले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ११ रनमा सिमित भयो । जोगबनीका पसान्तले २० रन बनाउँदा सुमितले १९ रन, राजाले १६ रन र जयन्तले नटआउट १५ रनको योगदान दिए । होराइजनका नेपालका यु–१९ का अन्तराष्ट्रिय खेलाडि दिपेश कँडेलले ३ विकेट लिँदा श्रवण किस्कु र दिपकराज जोशीले २–२ विकेट तथा फिर्दोस अन्सारी र मिनस थापाले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच होराइजनका अलराउण्डर खेलाडि फिर्दोस अन्सारी घोषित भए ।

चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन भने उपविजेताले ६१ हजार रुपैयाँ पाउँनेछन् । म्यान अफ द सिरिज हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले ११ हजार, उदयमान खेलाडीले ५ हजार रुपैयाँ पाउँनेछन् । यस्तै दैनिक म्यान अफ द म्याच हुने खेलाडीले १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रथम संस्करणको मिल्स क्रिकेट प्रतियोगिताको विजेता पूर्वाञ्चल एकेडेमी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर