RUMPUM
animated ellipse animated ellipse

महिना दिनसम्म नबनेको कल्भटले विराटनगरको एक युवाको ज्यान लियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०७७, शुक्रबार १८:५९
27
Shares
विराटनगर / एक महिना हुन लाग्दा पनि विराटनगर १५ र १६ को बिच सिमाना रानीमा निर्माण पूरा नभएको कल्भटमा दुर्घटनामा परि विराटनगरका एक जना युवाको मृत्यु भएको छ ।

बिहिवार राती साँढे ११ बजे विराटनगर १६ रानीका २३ वर्षिय प्रशान्त बस्नेतको निर्माण कार्य रोकिएको कल्भटमा स्कूटर दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको हो ।

दक्षिणबाट उत्तर घर आउँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रीत भई कल्भटमा दुर्घटना हुँदा घाईते भएका बस्नेतको उपचारको क्रममा नोवेल अस्पतालमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

निर्माण कम्पनी भूमि कन्ट्रक्सनले सडक र कल्भट निर्माणमा चरम लापरबाही र ढिलासुस्ती गरेको कारणले दुर्घटना हुने गरेको यहाँका स्थानियको भनाई छ ।

विराटनगर १६ रानीकी बिमला राजबाहकले निर्माण कम्पनीले अहिले बनाउँदै गरेको सडक तथा कल्भटहरू अगाडी ड्राइभसन र रातीको समयमा सडक बस्ती नराख्दा दुर्घटना हुने गरेको बताउनुभयो । सिमाना सडकहरुमा सडक बत्ती राख्न स्थानियबासीले आग्रह गर्दा पनि वडाअध्यक्षहरूले एकले अर्कालाई देखाउँदै हानाथाप गर्ने गरेको उनले बताइन् ।

विराटनगर १६ की इन्दिरा बरालले रानीमा बन्न सुरू गरेको कल्भट एक महिना हुन लाग्दा पनि निर्माण पुरा हुन नसक्दा अहिले दुर्घटना बढेर गएको बताइन् । केही दिन अगाडी पनि विराटनगरका एक जना पुरूषको यही कल्भटमा दुर्घटनामा परि खुट्टामा चोट लागेर गम्भिर घाइते भएको उनले बताइन् ।

निर्माण कार्य रोकिएको कल्भटमा अहिले इट्टाको गाह्रो मात्र उठाउने काम भएको छ भने पानी जमेर तालजस्तो बनेको छ । यहाँका स्थानियले जनप्रतिनिधी र निर्माण कम्पनीलाई कल्भट निर्माण चाडो बनाइसक्न आग्रह गर्दा पनि कुनै सुनवाइ नहुने गरेको विराटनगर १६ का मनोजकुमार साहले बताए । सडक र कल्भट निर्माण कार्यमा निर्माण कम्पनीले सावधानी नपनाइ चरम लापरबाही पूर्ण तरिकाले काम गर्ने निर्माण कम्पनीलाई कडा कारवाहीको माग स्थानियले राखेका छन् ।

विराटनगर १५ का वडाअध्यक्ष असलम आलमले निर्माण कम्पनीलाई निर्माण कार्य चाँडो गरि समयमै काम सम्पन्न गर्न भन्दा कुरा नसुन्ने गरेको बताए । ‘मैले कति पटक निर्माण कम्पनीलाई सडक र यहाँ रहेका कल्भट निर्माण चाँडो सक्नु भन्ने गरेको छु । तर हामीले भनेको कुरा सुन्ने गरेको छैन,’ उनले सुनाए ।
सघन सहरी विकास परियोजना अन्र्गत विराटनगरको रोडशेष चौकदेखि–रानी विराटनगरसम्मको करिब ५ किलोमिटर सडक निर्माणको ठेक्का भूमि कन्ट्रक्सनले पाएको छ । सो सडकको निर्माणको सम्झौत २०७४ साल जेठ २८ गते १७ करोड ९३ लाखमा भएको हो । सम्झौता भएको म्याद गत जेठ २२ सकिदा अहिलेसम्म रोडशेष–रानी सडक खण्ड साढे ३ किलोमिटर मात्र पिच भएको भूमि कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर प्रमोद साहले बताए । उनले विराटनगर १५ र १६ को सिमाना रानीमा बन्दै गरेको कल्भट स्थानियको अवरोधको कारण काम रोकिएको बताए ।

स्थानियले बिच्छ्याएको खानेपानीको पाइप र केबलको फाइबर झिक्न निर्माण कम्पनीलाई दबाव दिदा काम रोकिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर