animated ellipse animated ellipse

सिक्किमलाई पराजित गर्दै मच्छिन्द्र आठौ विराट गोल्डकपको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०८०, शुक्रबार ०९:३३
99
Shares
विराटनगर / आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किमको ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो ।

अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले खेल सकिन १ मिनेट बाकी रहेको वेलामका निर्णाय गोल गरे । बैकल्पिक खेलाडी मनिष डाँगीले डिबक्स भित्रबाट निकालेको क्रस पासलाई सदुपयोग गदै आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा डो¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।

हारपछि सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु समालिन नसक्दा पराजय भोग्नुपरो ।’

जितपछि पोस्ट म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्भिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो । ’ फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर