प्रदेश १ मा संक्रमित थपिने भन्दा निको हुनेको संख्या पछिल्लो समय निरन्तर बढ्दै, आज ७८१ संक्रमण मुक्त

खबर पूर्वाञ्चल, १८ जेष्ठ २०७८, मंगलवार १८:१५

विराटनगर/ प्रदेश १ मा कोरोना संक्रमितको संख्या थपिनेभन्दा निको हुनेको संख्या पछिल्लो समय निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७८१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।

प्रदेश १ मा आज थपिएका ६६३ जना संक्रमित मध्ये मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४, सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५, सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६, झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बा¥हदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३, इलामको चुलाचुलीमा ३, इलामनगरपालिका, रोङ र सुर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २, सोलुखुम्वुमा १ , संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५८ हजार ७४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ४९४ पुगेको छ । प्रदेश १ माआज १ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६८ महिला र ३९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५