animated ellipse animated ellipse

नेकपा बैठकमा प्रधानमन्त्रीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७७, शनिबार २१:३७
3
Shares
काठमाण्डौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् र उपाध्यक्ष वामदेव गौतमलाई अनुकूल समयमा प्रतिनिधिसभामा लाने निर्णय गरेर टुङ्ग्याइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटलाई समाधान गर्नेगरी एकताबद्ध भएर जाने निर्णय गर्दै पार्टी एकतालाई रक्षा गर्दै एकतालाई कमजोर पार्ने कुनैपनि क्रियाकलापमा सामेल नहुने पार्टी पंक्तिलाई निर्देशन दिने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पार्टीलाई एकताबद्ध गरी बिधि पद्दति र कम्युनिष्ट मूल्य मान्यतामा सञ्चालन गर्ने तथा पार्टीको निर्देशनमा सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा पार्टी र सरकार सम्बन्धि क्षेत्रमा भएका कमीकमजोरीबारे प्रधानमन्त्रीले आत्मालोचना गरेको श्रेष्ठले जनाकारी दिए । यसैगरी आफ्नो जिम्मेवारी अनुसार अर्का अध्यक्ष प्रचण्डसहित अन्य नेताहरुले पनि आत्मालोचना गरेको उनले बताए ।

बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाएर सांसद बनाउन पहल गर्ने निर्णय निर्णयसमेत गरेको छ । तीन अध्यक्ष राख्ने विषयमा भने माधबकुमार नेपालले नै अस्वीकार गरेकोले त्यो विषय अब अगाडि नबढ्ने भएको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर