AArya
RUMPUM
animated ellipse animated ellipse

बलात्कार मुद्दामा दोसी पाएको नेपालका पूर्व कप्तान सन्दीप लामिछानेलाई दियो उच्च अदालतले सफाइ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०८१, बुधबार १७:२६
3
Shares
फाइल तस्वीर
काठमाण्डौ / बलात्कार मुद्दामा दोसी पाएको नेपालका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाण्डौ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

जिल्ला अदालत काठमाण्डौले २०८० पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसियाली मनाएका छन् । गौशाला–२६ ले आफूमाथि काठमाण्डौको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाण्डौ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर