AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर नागेश र शिल्पाले मतान्तरले थप फराकिलो बनाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०७९, मंगलवार ०८:३६
2.4k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइराला र र उपमेयरमा शिल्पा कार्कीले मतान्तर थप फराकिलो बनाउँदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहानसम्म २२ हजार ५९५ मतगणना हुँदा कोइरालालले एमालेका सागर थापालाई १७६७ मतान्तरले पछि पारेका छन् । कोइराल ७५९१ मत ल्याउँदा थापाले ५८२४ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेश यादवले २५४४ मत र राप्रपाका प्रह्लाद साहले १४५० मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शिल्पा २३९६ मतान्तरले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पारेकी छिन् । शिल्पाले ६६३३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्रले ४२३७ मत प्राप्त गरे । राप्रपाकी बिन्दाकुमारी लुइँटेलले १८०७ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १४८६ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर