खबर पूर्वाञ्चल
सरकारी समाचार संस्था राससको ६३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो । दाहाल विराटनगरलाई कार्यक्रम क्षेत्र बनाएर राससका लागि काम गरिरहेका छन् ।
नगद २० हजार सहित सम्मान पत्रले उनलाई सम्मान गरिएको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले सम्मान प्रदान गरेकी हुन् ।
रासस कोशी प्रदेश प्रमुख महमद सदरुलले रासस केन्द्रीय कार्यालयले देशभरका राससकर्मी मध्ये तीन जनामा कोशी प्रदेशबाट दाहाललाई पुरस्कृत गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया