AArya
RUMPUM
animated ellipse animated ellipse

स्वदेशमै मेहेनत गरेर उद्योग व्यवशायमा लाग्न एवम् आत्मनिर्भर बन्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ श्रावण २०८२, बिहीबार १७:५९
171
Shares
विराटनगर / नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले अल्फाबिटा समूहका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत द्धीराज शर्मासँग लर्निंङ सेशन सम्पन्न गरेको छ ।

विराटनगरमा आज सम्पन्न लर्निंङ सेशनमा अल्फाबिटाका अध्यक्ष शर्माले युवा उद्यमीहरुसँग व्यापारिक यात्राका दौरान भोगेका कठिनाई र सफलता बारे जानकारी गराए । सो अवसरमा उनले स्वदेशमै मेहेनत गरेर उद्योग व्यवशायमा लाग्न एवम् आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। अध्यक्ष शर्माले अल्फाबिटाको २५ बर्षे यात्रा र यहाँसम्म पुग्न गरेको मेहेनत, कठिनाई र सफलताको बारेमा पनि चर्चा गरे । अहिले यसरी युवा माँझ बसेर आफ्नो अनुभव सुनाउन पाउँदा खुशी महशुस भएको बताउँदै उनले युवा व्यवशायीहरुलाई स—साना अल्झनमा नालागि अगाडि बढे सफलता हात पर्ने र एकदिन अवश्य सफल हुने भन्दै हौसला प्रदान गरे। अल्फाबिटाका अध्यक्ष शर्माको व्यवशायिक सञ्जाल नेपाल लगायत अन्य बिभिन्न मुलुकमा पनि छ ।

कार्यक्रममा सहभागी युवाहरुले शर्माले गरेका काम, परिश्रम र कठिनाई सँगसँगै सफल उद्यमी बन्न आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने जिज्ञासा राखेका थिए । युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले एकपछि अर्को गर्दै यसखाले कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । मञ्चले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सीए सुरज तिम्सिना, अर्थविद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलगायतसँग लर्निङ सेशन कार्यक्रम सम्पन्न गरिसकेको छ । यसखाले कार्यक्रमले युवाहरुलाई व्यवशाय अभिवृद्धिको ज्ञान प्राप्त हुने र नयाँ युवाहरुलाई पनि आत्मनिर्भर बन्ने प्रेरणा मिल्ने मञ्चका विराटनगर अध्यक्ष सञ्जीव सिग्देलले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर