AArya
animated ellipse animated ellipse

कांग्रेस प्रदेश सांसद पराजुलीको १९ औं पटकको दण्ड प्रणाम गर्दै घाटको यात्रा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ मंसिर २०८०, आईतवार १८:३७
99
Shares
विराटनगर / कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो ।

बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको मेरो एजेन्डा पनि हो, छैठी मातासँग मेरो अहिले पनि प्रार्थना छ ।’

मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर १९ औं पटक दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।

दण्ड प्रणाम यात्राका लागि उनी शनिबारदेखि व्रत बसेका थिए । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए । उनीसँगै भतिज प्रमिश पराजुलीले पनि दण्डप्रणाम गर्दै यात्रा सुरु गरे।

विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर