animated ellipse animated ellipse

निषेधित क्षेत्रमा अनशन बसेका पूर्वमुख्यमन्त्री कार्की पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०८१, मंगलवार २०:४९
234
Shares
विराटनगर /आमरण अनशन सुरु गरेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा अनशनमा बसेका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएर छोडेको छ ।

कार्कीलाई नियन्त्रणमा लिनु अघि अनशनस्थलमा केही बेर प्रहरी र काँग्रेस कार्यकर्ताबिच झडप समेत भएको थियो । कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गरेको हो ।

नेबिसंघका कार्यकर्ताहरुले नियन्त्रणमा लिन गएको प्रहरीलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले अनशनस्थलबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलम, विराटनगर महानगर ६ का अध्यक्ष हरिशचन्द्र सहनीलगायतलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर