गरिवसंग विशेश्वेशर कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम

खबर पूर्वाञ्चल, १४ असार २०७९, मंगलवार १९:२१
540
Shares
विराटनगर / गरिवसंग विशेश्वेशर कार्यक्रम अन्तर्गत विराटनगरका आवद्ध समुहका सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।

गरिवसंग विशेश्वेशर कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिकाका ८ र १४ नम्वरवडाका २८ जना महिलाहरुलाई अचार, पापड तथा जाम वनाउने तालिम प्रदान गरिएको हो ।
सात दिनसम्म भएको तालिममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उधोग महासंघकि महासचिव एंव महिला उधमी मालती नेपाल आचार्य र यशोधा मिश्रले तालिम दिनु भएको संस्थाकी सामाजिक परिचालिका युवा भण्डारी आचार्यले वताइन् ।

तालिमा सहभागी हरुलाई आठ नम्वर वडाका वडा अध्यक्ष राम पोखरेल तथा विराटनगर महानगरपालिकाका सामाजिक विकास महासाखा प्रमुख पुनम दाहालले प्रमाण पत्र प्रदान गरे ।

सहभागीहरुलाई आचार तथा तालिममा वनाइएका समागी्र समेत वितरण गरिएको थियो ।

त्यसै गरि उक्त सस्थाले महिलाहरुलाई सिलाई कटाई तथा कृषकहरुलाई कृषि सम्वन्धि तालिम प्रदानगर्दै कृषि उपकरण समेत प्रदान गरिसकेको युवा भण्डारीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५