खबर पूर्वाञ्चल
मुखियाले २ लाख २० हजारको चार लाख ४० हजार रूपैयाँ बनाइदिन्छु भन्दै ठगी गर्ने गरेको भन्दै मोरङ प्रहरीले विराटनगरदेखि आज पक्राउ गरेको हो ।
ठगी गर्न अनेक जुक्ति लगाउने मुखियाले विराटनगर ८ अशोक चौकमा ३१ वर्षिय राजकुमार रायलाई २ लाख २० हजार रुपैयाँको डबल ४ लाख ४० हजार रुपैयाँ बनाइदिने भन्दै ठगी गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘ठगी आरोपमा पक्राउ परेका मुखियाले रकम ठगी गर्न अनेक जुक्ति अपनाउने गरेको पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले एक जना ठगी परेको उजुरी आएपछि हामीले पक्राउ गरिएको हो । चतुर मुखियाले अरू पनि ठगीमा परेको हुनसक्ने भएकोले हामीले थप अनुसन्धान पनि सुरू गरेका छौं ।’
गत चैत २७ गते अन्दाजी ४ बजे पक्राउ परेका मुखियाले राजकुमार रायलाई डलब पैसाँ बनाइदिन्छु भन्दै २ लाख २० हजार रुपैयाँ झिक्न लगाएका थिए । राय र मुखिया छिमेकी हुन् । त्यही विश्वास भएर रायले पनि डबल पैसाँ हुने विश्वासमा २ लाख २० हजार रुपैयाँ झिकेर आगनमा राखे । ‘मुखियाले पैसा लिए पछि रायलाई १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाए । २ वटा केमिकल र सिरिन्ज समेत दिएको र २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डवल हुन्छ भनेका थिए । रातपरेपछि राय सुते । ठगी गर्ने दाउँ हेरेका मुखियाले राय सुतेपछि पैसाँ लिएर लिएर फरार भएको देखिन्छ,’ डिएसपी श्रेष्ठले भने ।