AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलमा जेभिर्यस, कान्तिपुर,शिक्षा सन्देश र रेडस्टा विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८२, बिहीबार १७:५१
90
Shares
विराटनगर /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान फुटबलमा जेभिर्यस कलेज, कान्तिपुर कलेज, शिक्षा सन्देश कलेज र रेडस्टार कलेज विजयी भएका छन् ।

शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा जेभिर्यस कलेजले सेन्ट जेसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच जेभिर्यसकी गोलकिपर प्रमिसा श्रेष्ठ घोषित भइन् ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच कान्तिपुरकी गोलकिपर रविना चौधरी घोषित भइन् ।

छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले मोडर्न एरा कलेजलाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । शिक्ष सन्देशकोे जितमा इगल मगरले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषि भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा रिसव मगरले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषि भए ।
प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर