AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९३ जना संक्रमणमुक्त हुँदा थपिए ३८७ जनामा संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७८, मंगलवार १७:४०
864
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९३ जना कोरोना संक्रमणमुक्त हुँदा ३८७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । भएको छ । त्यस्तै १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५, बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७, उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र पुरुष १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर