पूर्वाञ्चल खबर


पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले पनि २०७० सालको विराट गोल्डकपको विजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडे ग्लोरीले निकालिएको क्रस पासमा गणेशले हेडमार्फत गोल गर्दै संकटाको जितमा निर्णयक भयो ।
पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १४ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले निकाले राम्रो अवसरलाई इबोदले टच गर्न नसक्दा गोल गर्ने अवसर गुमायो ।
२३ औ मिनेटमा पौmनीले गरेको हेडिङलाई संकटाका गोलकिपर राजुबाबु थापाले पोललाईनमा उत्कृष्ट बचाए । संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालभियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।
दोस्रोे हाफपछि आक्रमक भएको खेल खेलेको क्यामरुनले ५० औ मिनेटमा एमफोमोले गरेको कडा प्रहारलाई संकटाका गोलकिपर राजुबाबु थापा फेरी बाधक बने । खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा क्यामरुनको एमफोमोले गरेको प्रहार संकटाका गोलरक्षक राजुबावुले बिफल पारिदिए । ८० औ मिनेटमा क्यामरुनका गोल किपर डिए स्यालभियो अगाडि बढेको बेला संकटाका गणेश हमालल गरेको प्रहार क्यामरुनका बासेकले उत्कृष्ट ढंगले बताए । ८८ औं मिनेटमा क्यामरुनका सि. एमबाकोपले गरेको प्रहार पहिलो बारमा बाधक बनेपछि क्यामरुन बाहिर बाध्य भयो ।
खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । यता क्यामरुकनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।