AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रक्तदान कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०८०, आईतवार १७:५९
135
Shares
विराटनगर / रक्तदान जीवन दान भन्ने मूल मर्मकासाथ विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित बाल पुस्तकालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा १० महिला सहित २९ जनाले रक्तदान गरेका थिए। बिरामीले रगत अभावका कारण ज्यानै गुमाउनु परेका दुखद घटनाहरु बारम्बार दोहोरिएकाले रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस् र रगत अभावलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं पुस्तकालयका अध्यक्ष इन्द्र निरौलाले भने।

पुस्तकालयका व्यवस्थापन सचिव राजन भण्डारीका अनुसार पुस्तकालयले विगतदेखि नै रक्तदान तथा बालबालिका सम्बन्धी विभिन्न कृयाकलाप गर्दै आइरहेको छ। उनले भने बाल दिवसको सन्दर्भ पारेर बालबालिकाका बिच हाजिरी जवाफ, वक्तृत्वकला, कविता,निबन्ध,दौड आदी जस्ता प्रतियोगितात्मक कृयाकलापहरु गराउदै आएका छौ।

पुस्तकालयले ५० देखि ६० प्रिन्ट रगत जम्मा गर्ने लक्ष्य लिए पनि रक्तदान गर्न आएका अधिकांश व्यक्तिहरु सुगर प्रेसर र थाइराइडको समस्या भएका कारण रक्तदान नगरी फर्किएका थिए । वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेललगायत नेकपा एमाले वडा कमिटी र अनेमसंघ वडा कमिटीका धेरै जसो सदस्यहरुले रक्तदान गरेका थिए। सङ्कलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीमा जम्मा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर