खबर पूर्वाञ्चल
कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी बिएचम, विसिए, विआइएम र विएससी सिएसआइटीका १ सय ११ जना विद्यार्थीलाई दिक्षित गरेको हो ।
दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, कलेज प्रमुख भरत सापकोटा, निर्देशकहरु प्राडा प्रमोदकुमार झा, भेषराज पोखरेल , शैलेन्द्र शिवाकोटी, ज्ञानबहादुर खड्कालगायतले प्रमाणपत्र वितरण गरेका थिए । विआइएम, विसिए, विएससी सिएसआइटीको सेमिस्टर अध्ययन पूरा गरी उत्तिर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको कलेज प्रमुख सापकोटाले बताए । उनले देशको लागि दक्ष जनशक्ति हिमालय दर्शन कलेजले उत्पादन गरेको बताए । गुणस्तरीय शिक्षासँगै कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा थपलियाले गुणस्तरीय शिक्षासँगै अहिलेको आवश्यकता प्रवधियुक्त शिक्षा रहेको बताए ।
सोही अवसरमा कलेज विभिन्न संकायमा टप गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान पनि गरेको छ । कलेजले आठौं सेमिस्टर टपरहरु विएससी सिएसआइटीकी प्रतिभाकुमारी चौधरी, विएचएमका दिपेन्द्र अधिकारी र विआइएमकी पुजा पाण्डेलाई नगदसहित सम्मान गरियो । त्यसैगरी उत्कृष्ट विद्यार्थीहरु विएससी सिएसआइटीका ममताकुमारी माझी थारु, विसिएका सिवानी साह, विआइएमका मेनुका थान्दार र विएचएमका देवबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।