AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

व्यापारीसित रकम असुल्ने गिरोहलाई पेस्तोल र गोली उपलब्ध गराउने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७७, बिहीबार २०:१०
1.6k
Shares
विराटनगर / व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौ रुपैयाँ असुली गर्ने समूहका मुख्य नाइकेलाई पेस्तोल र गोली उपलब्ध गराउने एक जना पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर महानगरपालिका – १२ का २६ वर्षिय विकास महतोलाई पक्राउ गरेको हो ।

महतोले १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल र त्यसमा लाग्ने ६ थान गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

महतोले संगठित रूपमा अपराधिक समूह स्थापना गरी विराटनगरलाई अपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ कटहरी २ आर्दशनगरका २७ वर्षिय अभिषेक रायलाई पेस्तोल र गोली उपब्ध गराएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोलाई अदालतमा बिहीबार म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

गुट्खा, चामल, तेलको डिलर सञ्चालन गर्ने विराटनगरका व्यापारीलाई असार २५ गते ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ मागेको मध्ये ती व्यापारीले दुई पटक गरि पाँच लाख रुपैयाँ दिएका थिए । व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

पक्राउ परेका समूहका मुख्य नाइके अभिषेकले मगाएको पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट पेस्तोल रिसिभ गरेको प्रहरीले जनाएको छ । ‘६ राउण्ड गोली खरिद गरेर ल्याएको मध्ये तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि मनोवैज्ञानिक रूपमा तर्साउने उद्देश्यले विष्फोट गराएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरीका अधिकृतले भने, ‘गिरोहले पैसा मागेका व्यापारीको घर आसपास र कम्पाउण्डमा उनीहरुलाई त्रसित बनाउने गोली पड्काउने गरेको पनि खुलेको छ । दुवै व्यापारीको घरको पर्खालमा पेस्तोलबाट गोलीले लागेको दाग अहिले पनि देखिन्छ ।’ प्रहरीले अहिले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ ।

विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिदै रकम असुल्ने समूहका मुख्य गिरोहसहित पाँच जनालाई पक्राउ गरेको थियो । प्रहरीले मोरङको कटहरी गाउँपालिका – २ आर्दशनगरका २६ वर्षिय किशन साह, सोही ठाउँका २८ वर्षिय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षिय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ काचन बस्ने २७ वर्षिय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षिय राजकुमार साहलाई हिजो पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर