खबर पूर्वाञ्चल
जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा हिजो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन । आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आईपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो ।
कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरङमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा लगाईएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिए ।
छोरालाई होमक्वारेन्टाईनमा राख्न भनिएको उनले बताए । जनस्वास्थ्य अधिकृत वस्नेतका अनुसार कोभिड अस्पतालमा उपचाररतको संख्या २३ रहेको छ । १८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
आज मोरङको रतुवामाईका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रतुवामाईमा संक्रमण देखापरेका संक्रमितलाई कोभिड अस्पताल ल्याउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।