RUMPUM
animated ellipse animated ellipse

नेपाल प्रेस युनियनको भेला नाम्जेमा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०७९, आईतवार १६:२१
576
Shares
विराटनगर / नेपाल प्रेस युनियन मोरङ जिल्ला कार्यसमितिले धनकुटाको नाम्जेमा आन्तरिक छलफल सहितको कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रबार र शनिबार भएको कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला सहितको टोली नाम्जे होमस्टेमा पुगेको थियो । उनले आन्तरिक पर्यटनसंगै युनियनका साथीहरुसंगको मित्रता कार्यक्रम भएको बताएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाहकारहरु शंकर खरेल,शेखर रेग्मी साथै प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको सहभागिता रहेको थियो । यो कार्यक्रम युनियन मोरङको इतिहासमै पृथक कार्यक्रम भएको कार्यवाहक अध्यक्ष निरौलाले बताए । उक्त कार्यक्रममा युनियकर्मीहरुका परिवार समेतको सहभागिता रहेको थियो । सधै व्यस्त रहने पत्रकारहरुका परिवार पनि संगै हिड्ने,रमाइलो गर्ने र बस्तुस्थिति बुझ्ने अवसरकारुपमा कार्यक्रम योजना गरिएको निरौलाको भनाइ थियो ।

युनियन मोरङको अर्को समुहले मोरङको वेलबारीमा शनिबार वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर