खबर पूर्वाञ्चल
विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद घिमिरे पूर्व विद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगत, सचिवद्वय प्रकाश उप्रेती र रामकुमार निरौलासहित विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थितिमा पूर्व विद्यार्थी समेत रहेका सिग्देलले न्यानो कपडा वितरण गरेका हुन्।
सिग्देल र पूर्व विद्यार्थी ज्योत्सना बस्नेतको संयुक्त पहलमा ज्याकेट र एक जोर मोजा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा नवगठित पूर्व विद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगतले विद्यालय र विद्यार्थीको हितका लागि संघले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।