प्रदेश १ मा अहिले सम्मकै उच्च १ सय ७१ जनामा कोरोना संक्रमित पुष्टि

खबर पूर्वाञ्चल, १ आश्विन २०७७, बिहीबार १७:३२

विराटनगर / प्रदेश १ मा आज १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । यस अघि भदौ २२ र २४ गते समान १ सय ५५ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ

प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ३९ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ५० महिला र १ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५