AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मार्टस मेमोरियल स्कुलमा होली मिलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०८२, आईतवार २०:४०
63
Shares
विराटनगर / विराटनगरमा रहेको मार्टस मेमोरियल स्कुलले विद्यार्थीहरूबीच आपसी सद्भाव र खुशी साटासाट गर्दै ‘होली मिलन’ कार्यक्रम आयोजना गरेको छ।

स्कुल परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले एक–अर्कालाई विभिन्न रंग लगाएर हर्षोल्लासका साथ होली पर्व मनाएका थिए।

रंगहरूको पर्व होलीको अवसरमा आयोजित यो कार्यक्रमले विद्यालयको वातावरणलाई उत्सवमय बनाएको थियो। कार्यक्रमका बारेमा बोल्दै मार्टस मेमोरियल कलेजका संचालक  सिएम श्रेष्ठले विद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे बुझाउन यस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताए।

‘पठनपाठन बाहेक हाम्रा मौलिक धर्म र संस्कृतिबारे जानकारी गराउनु पनि विद्यालयको दायित्व हो,’ श्रेष्ठले भने, ‘यस्ता सामूहिक उत्सवहरूले विद्यार्थीहरूबीच आपसी भाइचारा, मेलमिलाप र एकता कायम गर्न ठूलो सहयोग पुर्याउँछ।’

विद्यालयले विद्यार्थीहरूलाई पढाइका अतिरिक्त अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी गराउँदै आएको छ। कार्यक्रममा विद्यार्थीहरूले गीत–संगीतको तालमा झुम्दै होलीको भरपुर आनन्द लिएका थिए। यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उर्जा र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास विद्यालय प्रशासनले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर