AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मन्त्री छनोटप्रति माओवादीमा विवाद, बुर्जामगरले राजिनामा दिने चेतवनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०८०, आईतवार १८:०७
459
Shares
विराटनगर / कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् ।

उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् ।

उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताए । आज दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन’, उनले फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो । तर अन्तिम समयमा नाम काटिएको थियो । कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार सुरुमा जीवन आचार्य र नारायण बुर्जा मगरलाई पठाउने दलको तयारी थियो ।

तर आज उनको ठाउँमा पार्टीले राजेन्द्र कार्कीलाई सरकारमा पठाउने निर्णय गरेको हो । उनीहरु दुबै जनाले मन्त्री पदको शपथ लिइसकेका छन् । प्रचण्डका ज्वाइँ आचार्य भने यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए । २९ पुसमा माओवादीले आचार्य र दुर्गा चापागाईंलाई मन्त्री बनाएको थियो । त्यतिबेला बुर्जा मगरलाई पछि सरकारमा पठाउने भन्दै मनाइएको एक प्रदेशसभा सदस्य बताउँछन् । तर यो पटक पनि मन्त्री बन्ने बाटो बन्द भएपछि उनले फेसबुकमार्फत्त असन्तुष्टि व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर