AArya
RUMPUM
animated ellipse animated ellipse

गरीव एवं दलित जनतालाई स्वास्थ्य सम्वन्धी तालीम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७८, बुधबार १९:४९
3
Shares
विराटनगर / वैश्य सेवा परिषद नेपाल विराटनगर र विराटनगर महानगरपालिकाद्वारा संयुक्त रुपमा वडा नं. ६ मा वसोवास गर्ने पिछिडिएका गरिब, दलित महिला तथा वाल वालिकाहरुमा स्वास्थ्य तथा जनचेतना सम्बन्धि नेतृत्व विकास सम्वन्धी पाँच दिने तालीम आज देखि विराटनगरमा शुभारम्भ गरियो ।

वडा अध्यक्ष विजय कामतद्वारा उद्घाटन गरिएको तालीममा संस्थाका अध्यक्ष राम किसुन साह, प्रशिक्षकहरु जयप्रकाश महतो, राजनितिज्ञ एवं पत्रकार दिनेश साह, डा आर.के. साह (वरिष्ठ फिजिसियन), दलित नेता हिरालाल सिंचुरी समेतले प्रशिक्षण दिने छन् ।

स्थानिय रौनियर धर्मशालामा सञ्चालन हुने तालीममा विभिन्न विषयमा जनचेतनामूलक प्रशिक्षण सहभागीलाई प्रशिक्षण दिने संस्थाका महामंत्री त्रिलोकी भगतले जानकारी दिइन् । तालीम समापनका दिन सहभागीहरुलाई दोसल्ला ओढाई सम्मान गरिने कार्यक्रम रहेको संस्थाका महामन्त्री भगतले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर