AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुहबी–१२ बुग्डहरीअवस्थित श्री साल्पा देवी मन्दिर बार्षिक पुजाआज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०८२, शनिबार १८:१२
576
Shares
विराटनगर / दुहबी नगरपालिका–१२ बुग्डहरीमा अवस्थित श्री साल्पा देवी मन्दिरमा पछिल्ला दिनहरूमा श्रद्धालुहरूको उल्लेखनीय भीड देखिएको छ।

धार्मिक आस्थाको केन्द्र मानिने यस मन्दिरमा दैनिक पूजापाठ र विशेष अवसरमा विशेष अनुष्ठानहरू सञ्चालन गरिन्छ। पुर्णीमा पछि बार्षिक पुजाआज गर्ने क्रममा आज २ वटा बोका, एउटा पाठी, ९ वटा कुखुराको अण्डालगायतलाई सामुहिक भोग दिएका छन् । मन्दिरमा जाने भक्तनजहरुलाई खिरबाट बनेको प्रसाद वितरण गरिएको थियो ।

प्राकृतिक हरियालीले घेरिएको मन्दिर परिसर शान्त र आध्यात्मिक वातावरणको अनुभूति दिन्छ। मन्दि व्यवस्थापन समितिका अध्यक्ष चण्डीका बन्जाराका अनुसार यो मन्दिर बिसं १९८८ सालदेखि पूजा आराधना हुँदै आएको बताए। मन्दिरमा विशेषगरी मंगलवार र शनिबारका दिन भक्तजनहरूको उल्लेखनीय सहभागि हुने उनले बताए।

साल्पा देवीको दर्शनले मनोकामना पूरा हुने विश्वास रहेको अध्यक्ष बन्जमरमले बताए। हाल मन्दिरको पूर्वाधार सुधार र सरसफाइको कामलाई थप व्यवस्थित बनाएर कोशी प्रदेशको धार्मीक पर्यटन बनाउने लक्ष्य रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर