AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खोटाङका एक युवाले हातको नशा काटेर विराटनगरमा गरे आत्महत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०८०, बुधबार १८:००
1.44k
Shares
विराटनगर / विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।

खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर आज आत्महत्या गरेका हुन् ।

पाण्डे मामा टिकाराम दाहालको घरमा दुई दिन अगाडी आएका थिए । आज दाहालको घरमा सराद्ध थियो । सराद्ध सकिएपछि भान्जालाई टिका लगाइदिन बोलाउँदामा कोठामा हातको नशा काटेर रगात्मय अवस्थामा भेटिएका थिए । उपचारको लागि हस्पिटल लैजाने क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालसहितको प्रहरी टोली पुगेको छ । ‘झुन्डिन पनि प्रयास गरेको देखिन्छ ।

घाँटीमा डोरीको डाम पनि छ । डोरी चुटिएपछि हातको नशा चुलेसीले काटेको घटनास्थलमा हेर्दा देखिन्छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।

प्रहरीले घटना मुचुल्का उठाएर पोस्टमार्टम गर्न कोशी अस्पताल लैजाने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर